Social
मन्दिरका पुजारीले लुकाएको ८ किलो गाजा बरामद, प्रहरीले गरेको पक्राउ
Bhairahawa Online

कपिलवस्तु — शिवराज नगरपालिका-६ धरमपुरस्थित कालीमाता मन्दिरका पुजारी ८ किलो ७६० ग्राम प्रतिबन्धित गाजासहित प्रहरीले पक्राउ गरेको छ। ६० वर्षीय गोपाल कुर्मी चौधरीलाई मन्दिरको दानदक्षिणाको रकम हिनामिना गरेको आरोपमा खोजी गर्दा गाजा बरामद भएको हो।
प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहको अनुसार पुजारीको बस्ने कोठाको खानतलासी गर्दा बोरामा लुकाई राखिएको अवस्थामा गाजा बरामद गरिएको हो। पक्राउ परेका पुजारीलाई जिल्ला अदालतबाट १३ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।