Social
मौसम विज्ञान विभाग: आज यी प्रदेशमा हुनेछ वर्षा
Bhairahawa Online

काठमाडौं — मौसम विज्ञान विभागको अनुसार आज देशको पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको छ भने बाँकी क्षेत्रहरूमा मनसुनी र स्थानीय वायुको कमजोर प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारण बदली रहनेछ।
आज दिउँसो कोशी प्रदेश लगायतका पहाडी भूभागहरूमा आंशिक बदली रहने छ भने तराई क्षेत्रहरूमा मुख्यतया सफा मौसम रहनेछ। देशका पहाडी भूभागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहनेछ। यी क्षेत्रका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेतापनि बाँकी भूभागहरूमा सफा मौसम रहने अपेक्षा गरिएको छ।