Bhairahawa Online Logo
Social

हमासले बन्धक बनाएका विपिन जोशीको भिडियो सार्वजनिक

Share:
Bhairahawa Online
हमासले बन्धक बनाएका विपिन जोशीको भिडियो सार्वजनिक

काठमाडौं — दुई वर्षदेखि गाजामा हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशी बोलिरहेको भिडियो सार्वजनिक भएको छ। द टाइम्स अफ इजरायलले बुधबार राति सार्वजनिक गरेको ३३ सेकेन्डको भिडियोमा जोशी अंग्रेजीमा बोलिरहेका देखिन्छन्।

यो भिडियो २०२३ अक्टोबर ७ का दिन किबुट्ज अलुमिममा भएको हमासको आक्रमणको केही समयपछि खिचिएको मानिन्छ। इजरायलको रक्षा बलले बरामद गरेको यो भिडियो विपिनको परिवारलाई उपलब्ध गराइएको थियो।

नेपाली विद्यार्थी विपिन जोशी दुई वर्षदेखि हमासको बन्धक बनेका छन्। यो भिडियो सार्वजनिक भएपछि उनको सुरक्षित रिहाइको माग गर्ने आवाजहरू बढेका छन्।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News