Bhairahawa Online Logo
Social

आजको मौसम : कोशी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

Share:
Bhairahawa Online
आजको मौसम : कोशी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना

काठमाडौं — मौसम विज्ञान विभागको अनुसार आज देशको विभिन्न भागहरूमा मनसुनी र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागहरूमा पश्चिमी वायुको प्रभाव रहेको छ।

आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा साधारण बदली रहने छ भने बाँकी क्षेत्रहरूमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी भूभागहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसोको समयमा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। रातिको समयमा कोशी र मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News