Bhairahawa Online Logo
Social

जेनजी आन्दोलनमा फरार कैदीको मृत शव भेटियो

Share:
Bhairahawa Online
जेनजी आन्दोलनमा फरार कैदीको मृत शव भेटियो

उदयपुर — जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका एक कैदी मृत अवस्थामा फेला परेका छन्। त्रियुगा नगरपालिका-८ शाहीखोला राजाबासका ३५ वर्षीय गम्भीर बहादुर दनुवारको मृत शव मंगलबार घर नजिकै सिसौको रुखमा झुन्डिएको अवस्थामा भेटिएको हो।

दनुवार गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला सुनसरीको झुम्का कारागारबाट फरार भएका थिए। उनलाई सुनसरी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा २० वर्षको जन्मकैद सजाय सुनाएको थियो।

जिल्ला प्रहरी प्रमुख एसपी राजन चापागाईंको अनुसार दनुवारको शव आवश्यक कानुनी प्रक्रिया पछि आफन्तलाई जिम्मा लगाइएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News