बालेन र सुदन विरुद्ध जाहेरी : प्रहरीले माग्यो २४ घण्टाको समय

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुदन गुरुङ विरुद्ध दर्ता भएको जाहेरी प्रकरणमा प्रहरीले एक दिनको समय माग गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले एमाले निकट अनेरास्ववियुले दिएको जाहेरीलाई २४ घण्टाभित्र निर्णय गर्ने बताएको छ।
अनेरास्ववियुका पूर्व अध्यक्ष समिक बडालको अनुसार प्रहरीले सरकारी वकिलको कार्यालयसँग छलफल गरेर मात्रै निर्णय गर्ने भएको हो। उनले भने, "सरकारी वकिलसँग सल्लाह गरेर २४ घन्टामा यसको निर्णय दिन्छौं भन्नुभएको छ। सरकारी वकिलको कार्यालयको निर्णयपछि मात्रै हामी थप निर्णय गर्नेछौं।"
यसअघि अनेरास्ववियुले मेयर बालेन र सुदन गुरुङ विरुद्ध आपराधिक जाहेरी दर्ता गरेको थियो। प्रहरीले यस प्रकरणमा कानुनी प्रक्रिया अघि बढाउन २४ घण्टाको समय माग गरेको हो।