Politics
कांग्रेस अध्यक्ष देउवाले बोलाए पदाधिकारी बैठक
Bhairahawa Online

काठमाडौं — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो १ बजे पदाधिकारीहरूको बैठक बोलाएका छन्। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार यो बैठक केन्द्रीय समिति बैठकको एजेन्डा र विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बोलाइएको हो।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज २६ गते पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी छ। यो बैठक दलभित्रै र बाहिर विकसित भइरहेका राजनीतिक परिस्थितिहरूमाथि छलफल गर्न महत्वपूर्ण मानिन्छ।