Bhairahawa Online Logo
Politics

ओलीले जिल्ला अध्यक्षहरूलाई भने : 'वर्तमान परिस्थितिमा नेतृत्व छोड्दिनँ'

Share:
Bhairahawa Online
ओलीले जिल्ला अध्यक्षहरूलाई भने : 'वर्तमान परिस्थितिमा नेतृत्व छोड्दिनँ'

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक परिस्थितिमा पार्टी नेतृत्व छोड्न अस्वीकार गरेका छन्। जिल्ला अध्यक्षहरूसँगको भर्चुअल बैठकमा उनले आफू अहिलेको अवस्थामा नेतृत्व नछोड्ने निर्णय सुनाएका हुन्।

एक जिल्ला अध्यक्षको भनाइमा अध्यक्ष ओलीले वर्तमान परिस्थितिमा नेतृत्व छोड्न नसकिने र पार्टीको कामकाज तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएका छन्। उनले आगामी महाधिवेशनको निर्णयअनुसार अगाडि बढ्ने र महाधिवेशनले गरेको निर्णयको पालना गर्ने बताएका छन्।

अध्यक्ष ओलीले जेनजी आन्दोलनमा व्यापक घुसपैठ भएको दावी गर्दै आएका छन् र आन्दोलनका क्रममा भएको दमन र राष्ट्रिय सम्पत्तिमा भएको क्षतिको निष्पक्ष छानबिनको माग गर्दै आएका छन्।

यसबीच एमालेले संसद पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा रिट दायर गर्न नेपाली कांग्रेससँग छलफल अगाडि बढाएको छ। राष्ट्रपति पौडेलले गठन गरेको अन्तरिम सरकारले फागुन २१ गते चुनाव गराउने घोषणा गरिसकेको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News