Bhairahawa Online Logo
Sports

टी-२० विश्वकप छनोटमा आज नेपालको पहिलो खेल, कुवेतसँग प्रतिस्पर्धा

Share:
Bhairahawa Online
टी-२० विश्वकप छनोटमा आज नेपालको पहिलो खेल, कुवेतसँग प्रतिस्पर्धा
pic : CAN

काठमाडौं — आईसीसी टी-२० विश्वकप एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताको आजबाट ओमानमा सुरुवात भएको छ। नेपाली क्रिकेट टोलीले आज बुधबार राति पौने नौ बजे कुवेत विरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ।

यस समूह चरणमा नेपालले कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। समूहको शीर्ष दुई टोलीहरूले अर्को चरण सुपर-सिक्समा प्रवेश गर्नेछन्। सुपर-सिक्सको शीर्ष तीन टोलीहरूले सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी-२० विश्वक्पमा स्थान बनाउने छन्।

नेपाली टोलीले यसअघि वेस्ट इन्डिज विरुद्धको शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै सिरिज जितेको थियो। टोलीमा सन्दीप लामिछानेको पुनः समावेश भएको छ जसले वेस्ट इन्डिज विरुद्धको शृङ्खलामा विवादपछि निलम्बनबाट फर्केका थिए।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News