Bhairahawa Online Logo
Sports

टी-२० विश्वकप छनोटमा नेपालको जबरजस्त सुरुवात, कुवेतलाई ५८ रनले पराजित

Share:
Bhairahawa Online
टी-२० विश्वकप छनोटमा नेपालको जबरजस्त सुरुवात, कुवेतलाई ५८ रनले पराजित
pic : CAN

काठमाडौं — आईसीसी टी-२० विश्वकप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाली क्रिकेट टोलीले कुवेतलाई ५८ रनले पराजित गर्दै जबरजस्त सुरुवात गरेको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा भएको खेलमा नेपालले राम्रो प्रदर्शन गर्दै जित हात पारेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १४१ रन बनाएको थियो। जवाबमा कुवेतको टोली १८.१ ओभरमा मात्र ८३ रनमा स्कोर्डबोर्ड रोक्न बाध्य भएको थियो।

नेपालका लागि कुशल भुर्तेलले उत्कृष्ट ६६ रनको पारी खेलेका थिए। उनले ५६ बलमा ३ चौका र ३ छक्का हान्दै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १२औं अर्धशतक पूरा गरे। कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र गुल्सन झालाले पनि राम्रो सहयोग गरे।

बलिङमा कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले दुई-दुई विकेट लिए भने सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले एक-एक विकेट लिएका थिए।

यो जितसँगै नेपालले सुपर सिक्स चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। नेपालले अक्टोबर १० मा जापान विरुद्ध आफ्नो दोस्रो खेल खेल्नेछ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News