News

लुम्बिनी प्रादेशिक अस्पताल निर्माणमा तीव्रता: तीन वर्षमै सम्पन्न गर्ने लक्ष्य

लुम्बिनी प्रादेशिक अस्पताल निर्माणमा तीव्रता: तीन वर्षमै सम्पन्न गर्ने लक्ष्य
१६ असार २०८२, सोमबार | बुटवल बुटवलमा निर्माण भइरहेको लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन तीव्र गतिमा अगाडि बढिरहेको छ। प्रारम्भमा पाँच वर्षे योजना रहेको भए पनि निर्माण कम्पनीले यसलाई तीन वर्षमै सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको छ। यो आधुनिक र विशाल संरचना नेपालको सरकारी अस्पतालहरूमा सबैभन्दा ठूलो हुने लक्ष्यसहित निर्माण भइरहेको हो। प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार निर्माण सुरु भएको चार महिनामै भौतिक प्रगति २५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति १६ प्रतिशतको हाराहारीमा छ। मुख्य भवनको बेसमेन्टको काम सकिएको छ र क्यान्सर उपचार केन्द्रको संरचना निर्माण पनि सम्पन्न भइसकेको छ। बाँकी कामहरूमा ढलान र छड बाँध्ने कार्य तीव्र गतिमा भइरहेको छ। प्राधिकरणका प्रमुख कार्यकारी इन्जिनियर छवि पोखरेलले हालसम्मको प्रगति सन्तोषजनक रहेको बताउँदै कुनै ठूला अवरोधहरू नआएमा निर्माण सम्झौताभन्दा अगावै सकिने विश्वास व्यक्त गरे। आयोजना विवरण: कुल लागत: करिब ९ अर्ब रुपैयाँ निर्माण लागत: ६ अर्ब १८ करोड रुपैयाँ समयावधि: २०८५ पुस २५ सम्म संयुक्त निर्माण कम्पनीहरू: भारतीय क्याम्पासाइट, आशिष कन्स्ट्रक्सन, रेलिगेर अस्पतालको विशेषता: १२ तले यो भवनमा दुई तलाको अण्डरग्राउन्ड पार्किङ, अगाडिको भागमा आपतकालीन र बाह्य सेवा कक्ष रहनेछ। माथिल्लो तलामा १,२०० शय्याको व्यवस्था हुनेछ। ग्यास्ट्रो, न्युरो, कार्डियोलोजी लगायत विभागीय सेवा एउटै भवनबाट सञ्चालित हुनेछन्। निर्माण कार्य अन्तर्राष्ट्रिय मापदण्डअनुसार भइरहेको छ, जसको सुपरिवेक्षण काठमाडौँ विश्वविद्यालयको ‘यूनिक सल्ट सेन्टर’ ले गरिरहेको छ। मानव संसाधन: कामदार संख्या: २२० जना (दैनिक शिफ्टमा) विशेषज्ञ: १० जना प्राविधिक चिकित्सक सेवा: हाल ७४ जना विशेषज्ञ चिकित्सक कार्यरत चालु सेवा: न्यूरो, कार्डियो, सर्जरी, प्याथोलोजी, एक्स-रे, सिटी स्क्यान, अल्ट्रासाउन्ड, आदि स्थानीय प्रतिवद्धता: पत्रकार सम्मेलनमा अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले अस्पतालको स्तरोन्नति सम्पूर्ण क्षेत्रका लागि महत्वपूर्ण भएको र यसको सफल निर्माण बुटवलबासीको साझा जिम्मेवारी रहेको बताए।

You Might Also Like