Bhairahawa Online Logo
Sports

पाकिस्तान शाहीन्ससँग नेपाल पराजित,सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त

Share:
Bhairahawa Online
पाकिस्तान शाहीन्ससँग नेपाल पराजित,सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त

अष्ट्रेलियामा जारी टप एन्ड टी–२० शृङ्खलामा नेपाल पाकिस्तान शाहीन्ससँग २ रनले पराजित भएको छ। १४५ रनको लक्ष्य पछ्याएको नेपाल ७ विकेट गुमाउँदै १४३ रनमा रोकियो।

कप्तान रोहित पौडेलले ५२ रन र दीपेन्द्रसिंह ऐरीले ४४ रनको योगदान दिए। नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए। पाकिस्तान शाहीन्सका कप्तान इरफान खान ४२ रनमा अविजित रहे।

यस हारसँगै नेपालको सेमिफाइनलमा पुग्ने सम्भावना समाप्त भएको छ।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News