Bhairahawa Online Logo
News

उपसभामुखको संस्थासँग जोडिएको बालबालिका गायब प्रकरणमा प्रहरीको प्रारम्भिक छानबिन

Share:
Bhairahawa Online
उपसभामुखको संस्थासँग जोडिएको बालबालिका गायब प्रकरणमा प्रहरीको प्रारम्भिक छानबिन

काठमाडौं — उपसभामुख इन्दिरा राना मगरसँग सम्बन्धित गैरसरकारी संस्था पीए नेपाल मार्फत पाँच बालबालिका हराएको भन्ने विषयमा प्रहरीले अध्ययन र छानबिन सुरु गरेको छ।

तत्कालीन समयमा राना मगर कार्यकारी प्रमुख रहेको संस्थामाथि बालबालिका अवैध ओसारपसारको आरोप सार्वजनिक भएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सक्रिय भएको हो।

सीआईबी प्रमुख एआईजी चन्द्र कुँवर खापुङले घटना संवेदनशील भएकाले आन्तरिक रूपमा अनुसन्धान अगाडि बढाइएको बताए। उनका अनुसार, बालबालिका बेपत्ता भएको पुष्टि भएमा दोषीलाई कानुनी दायरामा ल्याइनेछ।

प्रहरी प्रवक्ता विनोद घिमिरेले पनि यो विषयलाई गम्भीर रूपमा लिइएको जनाउँदै सत्य तथ्य बुझ्न अनुसन्धान भइरहेको स्पष्ट पारे। उनले भने, “अनुसन्धान सुरु हुनु भनेको व्यक्तिलाई पक्राउ गरेर हिरासतमा राख्ने भन्ने होइन, तर गलत भएको प्रमाण भेटिएमा मुद्दा दर्ता हुन सक्छ।”

सन् २०१५ मा नेपाल बाल संगठनमार्फत अवैधरूपमा बालबालिका दिइएको आरोपपछि सरकारको तर्फबाट विशेष छानबिन समिति बनेको थियो। त्यही क्रममा उपसभामुख राना मगरको संस्थामाथि पनि प्रश्न उठेको हो।

यसअघि सन् २०२० मा बेलायती नागरिकलाई अवैध रूपमा बच्चा दिएको आरोपमा बाल संगठनकै एक अधिकारी पक्राउ परेका थिए। त्यसपछिका अनियमितताबारे पूर्वन्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा गठित समितिले प्रतिवेदन पनि तयार गरेको थियो।

Comments (0)

You must be logged in to post a comment.

Loading comments...

Related News