नेप्से परिसूचकमा वृद्धि, तर कारोबार रकम घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार केही अंकले उकालो लागेको छ। परिसूचक ६.५१ अंकले बढ्दै २,७७६.९० विन्दुमा पुगेको हो, जसले अघिल्लो दिनको तुलनामा ०.२३ प्रतिशतको सुधार देखाउँछ।
उक्त दिन बजारमा कारोबार भएका कम्पनीहरूमध्ये १४२ को सेयरमूल्य बढ्दा १०७ कम्पनीको सेयरमूल्य घटेको थियो। कुल ६१ हजार ७८४ पटकको कारोबारमार्फत १ करोड ३१ लाख २४ हजार ३१० कित्ता सेयर किनबेच भएको छ। यसबाट करिब ५ अर्ब ६३ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको हो।
तर कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको देखियो। सोमबार मात्रै करिब ६ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।
उपसमूहको सूचक हेर्दा सबै क्षेत्रमा सुधार देखिएको छ। विशेषगरी जीवन बीमा, उत्पादन तथा प्रशोधन, विकास बैंक, लगानी, अन्य र व्यापार उपसमूहले सकारात्मक प्रभाव पारेका छन्।